Information is intelligence
HomeEconomyरातै भयाे नेप्से , ६ वटा कम्पनीकाे मात्र मूल्य बढ्याे

रातै भयाे नेप्से , ६ वटा कम्पनीकाे मात्र मूल्य बढ्याे

- Advertisement -spot_img

साताकाे पहिलाे काराेबार दिन आज नेप्से रातै भएकाे छ । काराेबार भएका अधिकांश कम्पनीहरूकाे मूल्य घटेकाे छ ।

आज जम्मा ६ वटा कम्पनीकाे मात्र मूल् बढेकाे छ । जसमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड , बिशाल बजार कम्पनी , कालिका पावर कम्पनी , मिर्मिरे माइक्राेफाइनान्स डेभलपमेन्ट बैंक ,गुडविल फाइनान्स र एनएमबी हाइब्रिड फन्ड रहेका छन् ।

यसअघि लगातार सकारात्मक सर्किट लागेकाे ज्याेति लाइफकाे मूल्य एक्कासी घटेकाे छ । बजार बन्द हुँदा कम्पनीकाे शेयर मूल्य ८७३ रूपैँया प्रतिकित्ता पुगेकाे छ । त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे मूल्य पनि घटेकाे छ ।

कम्पनीकाे शेयर मूल्य ५४१ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

नेप्से आज ७५.७९ अंकले घटेर २५७२.२१ अंकमा आइपुगेकाे छ।

कुल २१५ वटा कम्पनीकाे शेयर काराेबार हुँदा ७ अर्बभन्दा बढीकाे शेयर काराेबार भएकाे छ ।  जसमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ३९ कराेड ५२ लाखभन्दा बढीकाे शेयर काराेबार भएकाे छ । दाेस्राे स्थानमा ज्याेति लाइफ इन्स्याेरेन्सकाे ३३ कराेड ८५ लाखभन्दा बढी रकमकाे शेयर काराेबार भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय