Information is intelligence
HomeNewsउपत्यकाका तीनवटै प्रशासनका अत्यावश्यकबाहेक सबै सेवा एक साताका लागि बन्द

उपत्यकाका तीनवटै प्रशासनका अत्यावश्यकबाहेक सबै सेवा एक साताका लागि बन्द

- Advertisement -spot_img

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना जोखिम बढ्दै गएको भन्दै सो निर्णय गरेको हो। कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेका हो ।

यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय