Information is intelligence
HomePoliticsमन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन हुने या नहुने बारे निर्णय हुने

मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन हुने या नहुने बारे निर्णय हुने

- Advertisement -spot_img

काठमाडौं | आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताइएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाव दिएको थियो ।  यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र  (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस पनि गरिएको छ ।

त्यसै विषयमा केन्द्रित भएर आजको बैठक बसिदै छ । लकडाउन हुन्छ या हुदैन भन्ने बारे आजको बैठक पछि के निर्णय आउनेछ त्यसको आधारमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु