Information is intelligence
HomeSportsएट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई शीर्ष स्थानमा जाने मौका

एट्लेटिको मड्रिड पराजित, बार्सिलोनालाई शीर्ष स्थानमा जाने मौका

- Advertisement -spot_img

ला लिगामा एट्लेटिको मड्रिड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा खेलको आठौं एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ७७ औं मिनेटमा स्टेफान साभिकले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ८६ औं मिनेटमा इनिगो मार्टिनेजले हेड मार्फत गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए ।

बिल्बाओ ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

ला लिगामा शीर्ष तीन टिमबीचको अंक दुरी मात्र २ अंकको फरक रहेको छ ।

शीर्ष टोलि एट्लेटिकोको ७३ अंक रहेको छ । दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाको ७१ अंक रहेको छ । बार्सिलोनाले एक खेल खेल्न बाँकी छ । विहिबार हुने खेलमा बार्सिलोनाले जित हात परे यो सिजन पहिलो पटक शीर्ष स्थानमा जाने छ ।

बार्सिलोना र एट्लेटिकोको एक खेल पनि बाकी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु