Information is intelligence
HomePoliticsकांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्ने

- Advertisement -spot_img

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। बैठकमा सहभागी हुन सोमबार केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो दुई बजे बैठक बोलाएको जानकारी दिए।

मुख्य सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको २०७८ बैशाख १३ गते बस्‍ने भनिएको वैठक पीसीआर परीक्षणका कारण स्थगित भएकोमा उक्त बैठक २०७८ बैशाख १५ गते दिनको २बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा वस्‍ने भएको हुँदा पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू एवं आमन्त्रीत सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।’

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय