Information is intelligence
HomeEducationत्रिभुवन विश्‍वविद्यालयद्वारा पुर्वनिर्धारित सबै परीक्षाहरु स्थगित

त्रिभुवन विश्‍वविद्यालयद्वारा पुर्वनिर्धारित सबै परीक्षाहरु स्थगित

- Advertisement -spot_img

त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको  व्‍यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ‘

विज्ञप्ति:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु