Information is intelligence
HomeSportsधनगढी एफसी र काठमाडौं रेजर्स भिड्दै

धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दै

- Advertisement -spot_img

नेपाल सुपर लिग (एनएसएन)मा आज मगंलबार एक खेल हुँदै छ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दै छन्। खेल साँझ साढे ५ बजे हुनेछ।

लिगको पहिलो खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

धनगढी एफसीले भने आफ्नो पहिलो खेलमा विराटनगर सिटी फुटबल क्लबसँग ३–० को फराकिलो हार भोगेको थियो। अंक तालिकाको पुछारमा रहेको धनगढी आजको खेलमा काठमाडौंलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ। सम्मान एक खेल खेलेको काठमाडौं रेजर्स ३ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु