Information is intelligence
HomeNewsअर्को सूचना जारी नभएसम्मका लागि गण्डकीमा ट्रायल र लाइसेन्स वितरण बन्द

अर्को सूचना जारी नभएसम्मका लागि गण्डकीमा ट्रायल र लाइसेन्स वितरण बन्द

- Advertisement -spot_img

यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश सवारी अनुमतिपत्र शाखाले अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स, ट्रायल लगायतका सेबाहरु बन्द गरेको छ।

कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयको आदेश भन्दै यी सेवा बन्द गरेको हो।

सो कार्यालयबाट ट्रायल र लाइसेन्ससँगै फारम दर्ता, लिखित परीक्षा, लाइसेन्स नवीकरण लगायतका सेवा प्रदान हुँदै आइरहेको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार साँझ सूचना जारी गर्दै बुधवारदेखि निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु