Information is intelligence
HomeNewsत्रि–धार्मिकस्थल हलेसी १५ दिन बन्द गर्ने निर्णय

त्रि–धार्मिकस्थल हलेसी १५ दिन बन्द गर्ने निर्णय

- Advertisement -spot_img

खोटाङको त्रि–धार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको सोमबार बसेको बैठकले हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तिर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोरोना भाईरस संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । कोरोना भाईरस संक्रमणको महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ साल चैत ८ गतेदेखि २०७७ साल मंसिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिरलाई पुनः बन्द गर्न लागिएको हो । गत वर्ष कोरोना कहरका बीचमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीका गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को बैठकले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु बैसाख मसान्तसम्म बन्द गर्ने/गराउने निर्णय गरेको छ । यस्तै, खोटाङका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने÷गराउने निर्णय गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भेला जम्मा भएर गरिने सभा, सम्मेलन, गोष्ठी, मेमिनार, उद्घाटन, शिलान्यास, चियापान कार्यक्रम जस्ता राजनैतिक तथा अन्य क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको प्रजिअ शर्माले जानकारी दिए । यस्तै, कार्यालय, पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलव्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय वा पसलमा प्रवेश गर्न नदिने निर्णय गरेको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु