Information is intelligence
HomeSportsच्याम्पियन्स लिग: रियल र चेल्सीको बराबरी

च्याम्पियन्स लिग: रियल र चेल्सीको बराबरी

- Advertisement -spot_img

एजेन्सी | च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।

रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने चेल्सीले टोलीले बनाएको थियो । खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए । उनले एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गरे ।

तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । इडर मिलिटाओको पासमा उनले गोल गरे ।

अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु