Information is intelligence
HomeHealthबंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

- Advertisement -spot_img

बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् ।

उहाँले बुधबार भन्नुभएको छ बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।  रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।

आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्काे डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ । ( रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु