Information is intelligence
HomeNews१२५ महिला बेचिनबाट जोगिए

१२५ महिला बेचिनबाट जोगिए

- Advertisement -spot_img

प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो ।

गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन् । उनका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पुर्याउने गरेका छन् ।

“रोजागरी, विवाह र घुमघाम गर्ने प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा महिलालाई सीमानाकामा रोकथाम गरेका छौँ”, उनले भनिन् , “सीमा क्षेत्रमा प्रलोभनमा पारेर ल्याइएका ६५ महिलालाई सम्झाइबुझाइ गरेपछि जोखिममा परेको महसुस गरी घर फिर्ता भएका छन् ।” उनले भनिन् , “सीमानाकामा रोकेर जोगिएका छन् । नत्र सीमापारि पुगेपछि बेचिनेबाहेक अन्य विकल्प नै हुँदैन ।”

सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । संस्थाका अनुसार दलित समुदायका ५३ महिला छन् । यसैगरी अन्य ६० र जनजाति समुदायका १२ जना छन् । दलित र जनजाति समुदायमा गरिबी र अशिक्षाका कारण ती समुदायका महिला भारतमा बेच्न लैजाने गरेको संयोजक भट्टले बताइन्  । सीमा क्षेत्रबाट रोकथाम गरी घर फिर्ता गराइएकामध्ये ९० महिला सुदूरपश्चिम प्रदेशकै रहेका छन् । जसमध्ये कञ्चनपुरका ४१, बझाङका १० र कैलालीका १८ जना छन् ।

माइती नेपालले दुई महिनामा ११ हजार ५८४ जनालाई सीमानाकामा बेचबिखनसम्बन्धी परामर्श दिएको छ । सीमानाकामा ४१४ सवारी साधन जाँच गरी शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरेको छ । संस्थाले ६५ जनालाई सीमानाकामा पराशर्म गरी सिधैँ घर फर्काएको छ । एक सय ३१ जनालाई पारिवारिक पुनःमिलन गरिएको छ । संस्थामा दर्ता गरिएका खोजतलासका ५५ निवेदनमध्ये ११ जना भेटिएका छन् । अन्यको अवस्था अज्ञात छ ।

महिलामाथि हुने घरेलु हिंसाका निवेदनसमेत संस्थामा आउने गरेका छन् । हालसम्म घरेलु हिंसाका ३४ निवेदन संस्थामा आएका छन् । त्यसमध्ये २८ निवेदन छलफल गरी हल गरिएका छन् । अधिकांश घरेलु हिंसाका घटना सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण हुने गरेको देखिएको संयोजक भट्टको भनाइ छ । संस्थाको सहयोगमा अदालतमा १० वटा जबर्जस्ती करणीका मुद्दा दर्ता गरिएका छन् । यसैगरी भारतमा महिलालाई बेच्न लैजाने दलालविरुद्ध दुई मुद्दा दर्ता गरिएका छन् । माइती नेपालले यस अवधिमा भारतमा बेचिएका दुई जनाको उद्धार गरेको छ । ( रा स स )

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय