Information is intelligence
HomeHealthआपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्न र्यापिड रेस्पोन्स टोली

आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्न र्यापिड रेस्पोन्स टोली

- Advertisement -spot_img

भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टोली गठन गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।

मन्त्रालयले अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरुलाई समेटेर र्यापिड रेस्पोन्स टोली गठन गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको जनाएको छ ।

उक्त टोलीमा आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा नारायणप्रसाद रेग्मी रहनुभएको छ ।

तोकिएका क्षेत्रका सेवाका लागि सम्बन्धित सम्पर्क व्यक्तिको मोबाइल नं तोकेर मन्त्रालयले सेवाग्राहीलाई आवश्यक पर्दा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । ( रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु