Information is intelligence
HomeNews२४ घण्टामा ८१ हजार ५०२ जनाले छाडे उपत्यका

२४ घण्टामा ८१ हजार ५०२ जनाले छाडे उपत्यका

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा विभिन्न नाका भएर ८१ हजार ५०२ जनाले काठमाडौं उपत्यका छाडेका छन् । सात हजार ३२२ साना–ठूला सवारी–साधनमार्फत उनीहरु बाहिरिएका हुन ।

सोही अवधिमा २३ हजार आठ यात्रु उपत्यका भित्रिएका छन् । ६ हजार ४३६ सवारी–साधन भित्रिएका छन् । बाहिरिनेमा नागढुंगाबाट बढी छन् ।

काठमाडौं उपत्यकामा कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने भन्दै आजदेखि निषेधाज्ञा जारी गरिएपछि उपत्यका छाड्नेको संख्या बढेको हो । आजदेखि प्रशासनले तोेकेका सवारी–साधनबाहेक अन्यलाई उपत्यका आउन रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय