Information is intelligence
HomeSportsपृथ्वी श चम्किदा दिल्लीको सानदार जित

पृथ्वी श चम्किदा दिल्लीको सानदार जित

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) मा हिजो (बिहीवार) राती भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको शानदार जित निकालेको छ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। कोलकाताका लागि आन्द्रे रसलले २७ बलमा ४५ रनको अविजित पारी खेले।

१५५ रनको जित लक्ष्य लिएर मैदानमा उत्रेको दिल्लीले १८.३ ओभरमा ३ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो। ओपनरद्वय पृथ्वी श र शिखर धवनले १३२ रनको साझेदारी बनाएका थिए।

पृथ्वी शले शिवम् मावीको १ ओभरमा ६ चौका प्रहार गर्दै आईपीएलमा यो किर्तिमान रच्ने दोस्रो खेलाडी बन्न पुगे। वाइड बलबाट आफ्नो ओभरको शुरुवात गरेका मावीले त्यस पछिका ६ बलमा ६ चौका दिन पुगे। श भन्दा पहिले दिल्लीकै अजिङ्क्या राहानेले आईपीएलमा यो किर्तिमान रचेका थिए।

यो जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यस संस्करणमा फास्टेस्टअर्धशतक प्रहार गरेका शले ४१ बलमा ८२ रन बनाए वापत ‘म्यान अफ दि म्याच’ घोषित भए।

हिजो नै खेलिएको पहिलो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले नै पराजित गरेको थियो। आज साँझ भने पंजाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु