Information is intelligence
HomePoliticsसभापति देउवाद्वारा आकस्मिक पत्रकार सम्‍मेलन

सभापति देउवाद्वारा आकस्मिक पत्रकार सम्‍मेलन

- Advertisement -spot_img

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दैछन् ।

शुक्रबार देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे पत्रकार सम्‍मेलन गर्न लागेका हुन् ।

कोभिड-१९ नियन्त्रणमा सरकारले काम गर्न नसकेको र यसको त्रास दिनानुदिन फैलिएको भन्दै देउवाले पत्रकार सम्‍मेलन गर्दै सरकारलाई सचेत गर्न लागेका हुन्

सरकारको भूमिका, निषेधाज्ञाले जनजीवनमा पारिरहेको प्रभावबारे धारणा राख्‍ने पनि जानकारी दिएका छन् । त्‍यस्तै देउवाले पार्टीको १४ औं महाधिवेशन र अहिले राजनीतिक अवस्थाबारे पनि आफ्‍नो धारणा सार्वजनिक गर्ने देउवाको सचिवालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु