Information is intelligence
HomeNewsआन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस

आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस

- Advertisement -spot_img

काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सिसिएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।

मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने मन्त्री ढकालले जानकारी दिएका छन्। मन्त्रीपरिषदको बैठक आइतबार बस्ने सम्भावना छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय