Information is intelligence
HomeInternationalबिरामीलाई अक्सिजन वितरण गर्दा पक्राउ

बिरामीलाई अक्सिजन वितरण गर्दा पक्राउ

- Advertisement -spot_img

यतिबेला जताततै काेराेना महामारीले जनजीवन त्रस्त छ । अस्पतालमा बिरामीहरूकाे चाप थेगिनसक्नु छ भने बिरामीहरूलाई अनिवार्य अक्सिजन चाहिन थालेकाे छ ।

भारतकाे एक अस्पतालकाे प्राङ्गणमा बिरामीलाइ अक्सिजन दिँदै गर्दा एक युवा पक्राउ परेका छन् । उत्तर प्रदेशकाे जैनपुरस्थित जिल्ला अस्पतालमा विक्की अग्रहरी नामका युवा पक्राउ परेका हुन् ।

अस्पताल प्रशासनकाे उजुरीमा प्रहरीले उनलाइ पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । उनले अस्पतालमा व्यवस्थापन विथाेल्न खाेजेकाे भन्दै प्रशासनले उजुरी गरेकाे हाे । अस्पताल प्रशासनका अनुसार विक्कीले त्यहाँ भिडियाे बनाइरहेका थिए र अस्पताललाइ आराेप लगाइरहेका थिए ।

तर, पक्राउ परेका युवक भने आफू एम्बुलेन्स चालक रहेकाे र आफूसँग एम्बुलेन्समा भएकाे अक्सिजन बिरामीलाइ सहयाेग गरेकाे मात्र बताउँछन् । एकजनालाइ अक्सिजन दिँदा त्यहाँ अन्य धेरै मानिसहरू पनि अक्सिजन माग्न आएकाे उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय