Thursday, June 17, 2021
HomePoliticsएकाएक फेरिएकाे लुम्बिनी प्रदेशकाे राजनीति ,के गर्लान् शंकर पाेखरेल ?

एकाएक फेरिएकाे लुम्बिनी प्रदेशकाे राजनीति ,के गर्लान् शंकर पाेखरेल ?

- Advertisement -
- Advertisement -spot_img

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३(२)बाट उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य विमला वलीले नेकपा माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेश सरकार नयाँ मोडमा पुगेको छ ।

आजैमात्र मुख्यमन्त्री शंकर पाेखरेलले राजीनामा दिएकाे र एकल बहुमतीय सरकार बनाउने एमाले संसदीय दलले निर्णय  गरेकाे थियाे । तर, वलीकाे याे कदमसँगै शंकर पाेखरेल पुनः मुख्यमन्त्री बन्ने सम्भावना कम भएकाे छ ।

यसअघि एमालेलाइ सरकार बनाउन ४१ मत आवश्यक रहेकाेमा उसँग ठिक्क ४१ मत नै रहेकाले ढुक्क भएकाे थियाे । तर अब एमालेमा ४० मतमात्र बाँकी भएपछि कसकाे नेतृत्वमा नयाँ सरकार गठन हुन्छ ? भन्ने काैतुहलता उत्पन्न भएकाे छ ।

यता कामचलाउ सरकारका प्रवक्ता बैजनाथ चाैधरीले भने विमला वलीलाइ अपहरण गरी जबरजस्ती विज्ञप्ति निकालिएकाे बताएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय