Information is intelligence
HomeNews२४ घन्टामा अहिलेसम्मकै धेरै ७ हजारभन्दा धेरै संक्रमित

२४ घन्टामा अहिलेसम्मकै धेरै ७ हजारभन्दा धेरै संक्रमित

- Advertisement -spot_img

नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

काठमाडौं उपत्यकामा एकैदिन पछिल्लो २४ घण्टामा तीन हजार ५९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु