Information is intelligence
HomeSportsपञ्जाबमाथि दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

पञ्जाबमाथि दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

- Advertisement -spot_img

काठमाडौं।  इन्डियन प्रिमियर लिग (आईपीएल) बाट पंजाब किंग्सका कप्तान के.एल. राहुल बाहिरिएका छन्। एपेण्डिसाइटिसको आपातकालीन शल्यक्रियाको आवश्यकता परेपछि उनी आईपीएलबाट बाहिरिएका हुन्। यसैबिच मयंक अग्रवालको कप्तानीमा मैदान उत्रेको पंजाब गए राती दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको छ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको पंजाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६६ रनको योगफल बनाएको थियो। कप्तान मयंकले ९९ रनको अविजित पारी सम्हाल्दै आफ्नो टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएपछि यो जित दिल्लीको हातमा गएको हो। दिल्लीका ओपनर तथा यस संस्करणका सर्वाधिक रनकर्ता शिखर धवनले पुनः ६९ रनको अविजित पारी खेल्दा दिल्लीलाई जित हासिल गर्न सरल भएको हो।

यसका साथै दिल्ली ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यसैगरी आइतवार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले सन्राईजर्स हैदराबादलाई ५५ रनले पराजित गरेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु