Information is intelligence
HomeNewsचीनबाट नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध

चीनबाट नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध

- Advertisement -spot_img

चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । दक्षिण एसियाली मुलुकका पांच विदेशमन्त्रीसंगको छलफलमा चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागी अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

नेपालसंग अहिले दैनिक ७ हजार वटा सिलिण्डरमा मात्र अक्सिजन भर्ने क्षमता छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्सिजनभन्दा पनि अहिले सिलिण्डरको आवश्यकता रहेको बताउदै आएका थिए।

नेपालबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उक्त छलफलमा भाग लिएका थिए । छलफलमा महामारी रोक्न क्षेत्रीय सहकार्य आवश्यक रहेको भन्दै यो संकटसंग सवै एकजुट भएर लड्नुपर्नेमा साझा धारणा बनेको थियो ।

चीन सरकारले करिव ९ करोड बराबारको सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । चीनले दिने २० हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाण्डौ ल्याउने तयारी सुरु भएको छ । त्यसका लागी हवाई र स्थलमार्ग दुबैबाट झिकाउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले दुई हजार थान भने हवाईजहाजबाट ल्याउने तयारीमा सरकार जुटेको छ ।

चीनबाट सिलिन्डर भित्रयाउने जिम्मा परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयले पाएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु