Information is intelligence
HomeNewsग्याँसकाे अभाव नहुने : नेपाल आयल निगम

ग्याँसकाे अभाव नहुने : नेपाल आयल निगम

- Advertisement -spot_img

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नभएकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । ग्याँसको आयात नियमित भइरहेको र पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव नहुने हुँदा आवश्यकता भन्दा बढी होल्ड नर्गन निगमले आग्रह गरेको हो ।

कोरोना महामारीको प्रभाव बढ्दै गएपछि बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले खाली सिलिण्डर भरेर राख्न थालेपछि खपत बढ्दै गएको छ । अभाव हुन सक्ने भन्दै उपभोक्ताले खाली सिलिण्डर एकै पटक भर्न थालेपछि माग बढ्न गएको हो ।उपभोक्ताले घरमा खाली रहेका सिलिण्डर भर्नुका साथै नयाँ सिलिण्डरको खरिद गर्न थालेपछि माग बढेको निगमले जनाएको छ । निगम प्रवक्ता बिनितमणि उपाध्यायले ग्याँसको आयात नियमित रूपमा भइरहेकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । हरेक घरमा दुई चारवटा सिलिण्डर मौजुदा राख्ने थालेपछि माग बढेको निगमको उनको भनाइ छ ।

ग्याँसको नियमित ढुवानी तथा बिक्री वितरण भइरहेको भन्दै खुद्रा बिक्रेतालाई कृत्रिम अभाव सिर्जना नगर्न पनि निगमले आग्रह गरेको छ । कोरोना भाइरसका कारण बजारमा माग बढे पनि आपूर्ति तथा वितरण मागअनुसार भइरहेको निगमले जनाएको छ ।मासिक ३८ हजार मेट्रिक टन एलपी ग्याँस खपत हुँदै आएकामा हाल ४५ हजार मेट्रिक टन आपूर्ति गरिएको छ । माग बढेपछि निगमले सार्वजनिक बिदाका दिनमा पनि भारतबाट ग्यास आपूर्ति गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उद्योगसँग पर्याप्त मौज्दात रहेकाले ग्यासको अभाव नरहेको बताए ।हल्दिया र बरौनी नाकाबाट ग्याँसको आयात कम भएपनि बजारमा अभाव नभएको उनको भनाइ छ ।

अहिले उद्योगसँग १० हजार मेट्रिक टन ग्यास मौज्दात रहेको उनले जानकारी दिए । यसबाट सात लाख ग्यास सिलिण्डर भरिन्छ । सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख ग्यास सिलिण्डर खपत हुने गरेकोमा अहिले माग बढेकाले खपत पनि दोब्बर बढेको उद्योगीको भनाइ छ ।केही समयमा ग्यासको माग बढी भएपनि नेपाल ग्याँस बिक्रेता महासंघ नेपालले पनि ग्यासको अभाव हुने आशंकामा ग्यास डिलरमा थेग्नै नसक्ने गरी लाइन लागेको बताएको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निश्चित समयमा ग्यास बिक्री गर्न नसकेकाले पनि बढी भीडभाड लागेको जानकारी दिए । बिहान १० बजेसम्म मात्र पसल खुला गरेर बिक्री गर्न पाइने भएकाले सबै डिपोमा ग्यास पुर्याउन नसकेको उनको भनाइ छ ।

एकै चोटी धेरै माग आएपनि डिलरलाई पुर्याउन कठिन भएकाले पनि उपभोक्ताको भीडभाड धेरै लाग्ने र समयमा पाउन नसकेको उनको भनाइ छ ।गत १६ गतेदेखि सरकारले उपत्यकामा निषेधाज्ञा गरेसँगै ग्यास डिलरमा उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । अत्यावश्यक वस्तुका पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्न पाइने छ । जसको कारणले गर्दा पनि डिलरमा ग्यास लिने उपभोक्ताको भीडभाड लाग्ने गरेको बिक्रेताको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु