Information is intelligence
HomeSportsच्याम्पियन्स लिग : म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा

- Advertisement -spot_img

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन, पिएसजीलाई पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २–० ले हराउँदै समग्रमा ४–१ गोल अन्तरको नतिजा सहित सिटी फाइनल पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन दुवै गोल रियाद महरेजले गरे ।

खेलको ११औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित पक्का गरे ।

पिएसजीले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सीमित बनेको थियो ।

सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पराजित हुँदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाइनल खेलेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु