Information is intelligence
HomeNewsओली सरकार अल्पमतमा, माओवादी केन्द्रले समर्थन फिर्ता लियो

ओली सरकार अल्पमतमा, माओवादी केन्द्रले समर्थन फिर्ता लियो

- Advertisement -spot_img

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार औपचारिक रुपमै अल्पमत परेको छ ।

मंगलबार बसेको आफ्नो पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार बुधबार माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाइएको छ ।

माओवादी केन्द्रको समर्थनमा बहुमतको सरकार बनाएको एमालेको सरकार अब अल्पमतमा परेको हो । माओवादी केन्द्रले ओली सरकारको विकल्प खोजे पनि समर्थन फिर्ता नलिएको भन्दै आलोचना भइरहेको थियो ।

तर, प्रधानमन्त्री ओली स्वयंले संसदबाट विश्वासको मत लिने भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय