Information is intelligence
HomeNewsपरिषद् सचिवालय बन्द

परिषद् सचिवालय बन्द

- Advertisement -spot_img

न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भिक थिए । नेपालको न्यायापलिकाको विकासमा उनको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ । जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाएका  खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएक थिए । (रा स स)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु