Information is intelligence
HomeSportsरियल र चेल्सी भिड्दै, रामोस खेल्ने सम्भावना कति ?

रियल र चेल्सी भिड्दै, रामोस खेल्ने सम्भावना कति ?

- Advertisement -spot_img

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।

रियल र चेल्सीबीचको खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा राति १२:४५ बजे सुरु हुनेछ ।

रियलको मैदानमा भएको पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

यस खेलको विजेताले फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी पीएसजीलाई हराएर फाइनल पुगिसकेको छ ।

चेल्सीविरुद्ध रियलका कप्तान सर्जियो रामोस खेल्ने सम्भावना रहेको छ । चोट मुक्त हुँदै रामोस टिममा फर्किसकेका छन् । मिडफिल्डर माटियो कोभासिच भने टिममा हुने छैनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु