Information is intelligence
HomeEconomyनेप्सेमा सामान्य गिरावट हुँदा ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

नेप्सेमा सामान्य गिरावट हुँदा ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

- Advertisement -spot_img

नेप्से बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा झरेको हो ।

आज कूल ६ अर्ब २१ करोड ६८ लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज २१८ वटा कम्पनीका एक करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ७८ हजार ७७१ पटक खरिद-बिक्री भएका थिए।

आज प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर शेयर सबैभन्दा धेरै २३ करोड ६९ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

रैराङ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु