Information is intelligence
HomeNewsयार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

- Advertisement -spot_img

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ । लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो । भागेर छल नजिक पुगेको अवस्थामा  पक्राउ गरिएको  निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए । पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन् । जगदुल्ला क्षेत्रतिर पनि पाटन जान खोज्नेहरुलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ । (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु