Thursday, June 17, 2021
HomeSportsचेल्सी ९ वर्ष पछि फाइनलमा, रियल स्तब्ध

चेल्सी ९ वर्ष पछि फाइनलमा, रियल स्तब्ध

- Advertisement -
- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले हराउँदै समग्रमा ३–१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो । चेल्सीले रियलको मैदानमा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा खेलकोे २८औँ मिनेटमा टिमो वार्नरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

जितसँगै चेल्सी च्याम्पियन्स लिग इतिहासमा तेस्रोपटक फाइनलमा पुगेको छ । चेल्सीले अब फाइनल खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय