Information is intelligence
HomeSportsनेपाल सुपर लिगमा आज दुई खेल हुँदै

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

- Advertisement -spot_img

नेपाल सुपर लिग (एनएसएल) आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् भने दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी भिड्ने छन्।

पहिलो खेलमा ललितपुर र बुटवल दिउँसो साढे २ बजे मैदानमा उत्रने छन्। ललितपुरले जारी प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेको छैन। अघिल्लो खेलमा पराजय ब्यहोरेको बुटवल ५ अंकसहित तालिकाको चौथो स्थानमा छ।

त्यस्तै दोस्रो खेलमा काठमाडौं र विराटनगर भिड्नेछन्। समान ७ अंक जोडेका दुबै टोली शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रने छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु