Information is intelligence
HomeEconomyमहिला लघुवित्तको लगानीकर्ता २ महिनामै ५० हजारको मालिक, कति पुग्यो सेयर मूल्य...

महिला लघुवित्तको लगानीकर्ता २ महिनामै ५० हजारको मालिक, कति पुग्यो सेयर मूल्य ?

- Advertisement -spot_img

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ। कम्पनीले गत फागुन १४ गते लगानीकर्तालाई सेयर बाँडफाँड गरेको थियो।

नेप्सेमा सूचीकृत भइसकेपछि कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ। चैत ३ देखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य २ महिना नपुग्दै ५ हजार ३० रुपैयाँ पुगेको हो  । उक्त समयमा कम्पनीको १० कित्ता सेयरमा एक हजार लगानी गरेकाको पोर्टफोलियो बढेर ५० हजार नाघेको छ ।

बिहीबार कारोबार खुलेको केही समयमा नै लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ४५७ रूपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु