Information is intelligence
HomePoliticsप्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण

प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौ ।  प्रतिनिधिसभाको बैठक बस्नु अघिहिजो गरिएको पि सि आर परीक्षणमा ४ सांसदको कोरोना संक्रमित भएको रिपोर्ट आएको छ । संक्रमित हुनेहरुमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

यसै गरी संसद सचिवालयका दुई कर्मचारीको पनि रिपोट पोजेटिभ आएको सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए । पौडेलका अनुसार सभामुख सापकोटा र  उनको सचिवालयमा कार्यरत सबैको पिसिआर परीक्षण नेगेटिभ आएको छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि स्वाव संकलन गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु