Information is intelligence
HomeSportsयुरोपा लिग: युनाईटेड र भिल्ला रियल फाइनलमा, आर्सनल बाहिरियो

युरोपा लिग: युनाईटेड र भिल्ला रियल फाइनलमा, आर्सनल बाहिरियो

- Advertisement -spot_img

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो । यससँगै युनाईटेड ओले गुनार सोल्सायरको नेतृत्वमा पहिलो पटक कुनैपनि प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ । सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २-१ को जितसहित भिल्ला फाइनल पुगेको हो ।

फाइनल खेल मे २६ मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु