Information is intelligence
HomeSportsनेपाल सुपर लिग: पोखरा र चितवन भिड्दै, दुवै टिमलाई जित्नै पर्ने दवाब

नेपाल सुपर लिग: पोखरा र चितवन भिड्दै, दुवै टिमलाई जित्नै पर्ने दवाब

- Advertisement -spot_img

काठमाडौं | नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु  हुनेछ ।

पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो । पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। प्लेअफको ढोका खुल्ला राख्न पोखरालाई चितवनविरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।

पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ ।

यता, चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।

४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ । चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।

पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय