Friday, June 25, 2021
HomeNewsओली सरकारलाई महन्थको मत नचाहिने

ओली सरकारलाई महन्थको मत नचाहिने

- Advertisement -
- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुग्नुभयो । तर आफ्नै दलभित्रका सांसदको टुंगो नभएको बेला आफ्नो सरकारलाई राम्रैसँग सहयोग गर्दै आएको जसपा अध्यक्ष महन्थ ठाकुरसँग पछिल्लोपटक मुखै फोरेर सहयोग नमागेको रहस्योद्घाटन भएको छ। ।

त्यसो त आफ्नै पार्टीको संसदीय दलमा आफ्नो पक्षमा कति जना सांसद पुर्याउन सकिन्छ भन्नेबारे अहिलेसम्म विस्तृत रुपमा कुरा नभएको जसपा स्रोतले बताएको छ । अति निकटस्थहरूसँग ठाकुुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिनै नपर्ने अवस्था आउन लागेकोले निश्चिन्त भएर बस्न आग्रह गर्नुभएको छ ।
एकातिर प्रधानमन्त्रीले विश्वासको मतनिम्ति ठाकुरको सहयोग नमागेका र अर्कोतिर ठाकुरले विश्वासको मत दिनै नपर्ने भनेर ढुक्कसँग व्यक्त गरेकाे धारणाले उनीहरुबीच कस्तो सहमति र संवाद भएको थियो भन्ने आँकलन गर्न सकिन्छ ।

प्रधानमन्त्री ओली र उनका अति निकटस्थहरू भने गत साता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अपनाएका रोडम्यापलाई अवलम्बन गर्ने पक्षमा भएको बताइन्छ । राजनीति आफू अनुकूल नभएमा पोखरेलले झैँ पहिले राजीनामा दिने त्यसपछि तत्काल ठूलो दलको नाताले पुनः प्रधानमन्त्री हुने या बिश्वासको मत फेल भएमा बजेट र नीति तथा कार्यक्रम ल्याउने,नयाँ सरकार बन्न एक महिना लाग्छ,त्यो बन्न नदिएर ठूलो दलको हैसियतले चुनाव हान्ने योजना पहिलो विकल्पमा राखिएको छ ।

तर,पटक पटक प्रधानमन्त्रीसँग एक्लै र सामूहिक भेटघाट गर्दै आएका ठाकुरले जसपाका पूर्व राजपा पक्षधरहरुसँग देउवा ओलीसँग लपक्कै मिलेको निश्कर्ष सुनाएको बताइन्छ । ठाकुरको निश्कर्ष छ ‘उनीहरूबीच अर्ली चुनावको सहमति भएको गन्ध आउँछ ।’
अहिलेको राजनीतिमा प्रमुख भूमिका जसपाको नभएर ओली र देउवाको रहेको पनि मधेशवादी नेताहरूले बताएका छन् । उनीहरूले भने ‘अरु जति उफ्रिए पनि प्रधानमन्त्रीलाई ठूलै ठाउँको आशिर्वाद छ ।’

हामी विश्वासको मत दिँदैनौँ जसपाका ठाकुर निकट एक जना सांसदले बताए । अध्यक्षको भनाई उद्धृत गर्दै भने ‘माधव नेपालहरूको मत पाउने अवस्थामा मात्रै प्रधानमन्त्रीले बहुमतको सरकार चलाउन हाम्रो मत माग्ने हो । अन्यथा,ओलीलाई हिजोसम्म पनि माधव नेपालहरू पार्टीबाट बाहिरिउन् भन्ने नै छ ।’

प्रधानमन्त्रीसँग पटक पटकको भेटले जसपा नेताहरू उनी अब एकै पटक संविधानको धारा ७६ ९३० अन्तर्गत सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने सुरमा भएको देखाउँछ । त्यसपछि आवश्यकताअनुसार धारा परिवर्तन गर्दै अघि बढ्ने चाहना हो । अन्तत्वगत्वा उनी निर्वाचनमा नै जाने योजनामा रहेका छन्  ।

ती नेताले भने ‘विश्वासको मत सिरियस्ली नमागेको हुँदा हामीहरू पनि दिने पक्षमा छैनौं । आफ्नै दलको अवस्थाबारे प्रष्ट पार्दै उनी भन्छन् ‘जसपाभित्र जति झगडा देखिए पनि उनी दल विभाजन गरेर ओलीलाई जोगाउन जाने कुनै सम्भावना छैन । आफ्ना महत्वपूर्ण माग पूरा गराउन बेलाबखत चोचोमोचो मिलाउनुलाई अन्यथा भन्न मिल्दैन ।’

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय