Information is intelligence
HomeEconomyह्वात्तै बढ्यो शुक्रवार सुनको मूल्य, तोलाको ९० हजार भन्दा बढी

ह्वात्तै बढ्यो शुक्रवार सुनको मूल्य, तोलाको ९० हजार भन्दा बढी

- Advertisement -spot_img

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा ११०० रुपैयाँ बढेको हो ।

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो  ।

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय