Information is intelligence
HomeHealthरसियन खोप ल्याउन निजी आयातकर्तालाई अनुमति

रसियन खोप ल्याउन निजी आयातकर्तालाई अनुमति

- Advertisement -spot_img

औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ ।

नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेका बेला विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो । रसियन खोप आयातका लागि नेपालको एक मात्र कम्पनी लोमसले आवेदन दिएको औषधि व्यवस्था विभागले अप्रिल २८ मा जानकारी दिएको थियो । कम्पनीले १० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने गरी अनुमति दिइएको विभागले जनाएको छ ।

यसअघि, विभागले बुधबार कोभिसिल्ड खोप आयातका लागि हुकम डिस्टिब्युटर्स र कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई आयात अनुमति दिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु