Information is intelligence
HomeLiteratureतिमी यस्तो बन्नु (कविता)

तिमी यस्तो बन्नु (कविता)

- Advertisement -spot_img

मानिस न हुन्
खुट्टा तानेर तिमीलाई
लडाउन खोज्लान्
धकेलेर तिमीलाई
आफू अघि बढ्न खोज्लान्
तर
तिमी कायर बन्नुु हुन्न ।

जति नै हितैषी भए पनि
मित्र शत्रु भएर आउन सक्लान्
मुखले राम राम भने पनि
बगलीमा छुरा राख्लान्
मौका पाए प्रहारै गर्लान्
मन मस्तिष्क तिम्रो डगमगाउन सक्छ
तर
तिमी डगमगाउनु हुन्न ।

तिमी हिँड्ने बाटो
सधैँ सजिलो नहुन सक्छ
कहिलेकाँही तिम्रै
खुट्टाहरू लर्बराउन सक्छन्
हिँड्दा हिँड्दै तिमी
आँधीवेरी आउन सक्छ
तिमीले वषौँदेखि सजाएका सपना
क्षण भरमै टुट्न सक्छन्
तर
तिमी टुट्नु हुन्न ।

सबै प्रकारका खेल
खेलिने मैदान हो यो मन
नानाथरी विचारहरू
उथलपुथल हुन सक्लान्
समयले साथ नदेला
मन विचलित हुन सक्ला
तर
तिमीले आफ्नो गन्तव्य भुुल्न हुन्न
तिमी निरन्तर अघि बढि रहनुपर्छ ।

– गीता पाण्डेय

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु