Information is intelligence
HomeSportsप्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित

प्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटी न्युकासल युनाईटेडसँग पराजित भएको छ । लेष्टर न्युकासल युनाईटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । जोसेप विललक र पाउल दुमेटको नाममा एक एक गोल रह्यो ।

लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल फर्काए

न्युकासलसँग पराजित भएपनि लेष्टर लिगको तेस्रो स्थानमा यथावत रहेको छ । लेष्टरले ३५ खेलमा ६३ अंक जोडेको छ ।

यस जितपछि न्युकासल लिगको १३ औं स्थानमा उक्लिएको छ । न्युकासलले ३५ खेलमा ३९ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु