Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमवार र बिहीवार सातामा दुई नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेपनि प्रधानमन्त्री ओलीले शनिवार (आज) का लागि बैठक बोलाएका हुन् ।

आज साँझ ५ बजेका लागि बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकका एजेण्डाहरु भने खुलाइएको छैन ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदैछन् । यसका लागि प्रधानमन्त्री ओलीले भेटघाटलाई तीव्रता दिएका छन् ।

आज बोलाइएको मन्त्रिपरिषद्लाई अर्थपूर्ण हेरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु