Thursday, June 17, 2021
HomeSportsललितपुर सिटी एफसी नेपाल सुपर लिगको प्ले अफमा

ललितपुर सिटी एफसी नेपाल सुपर लिगको प्ले अफमा

- Advertisement -
- Advertisement -spot_img

ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ। ललितपुरले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार विराटनगर सिटी एफसीलाई ४-० गोलले हरायो।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरका लागि अन्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे। ६ खेलबाट ९ अंक भएको ललितपुर तालिकाको तेस्रो स्थानमा छ। ५ खेलबाट धनगढी एफसी र काठमाडौं रेजर्स एफसीको समान १० अंक छ।

तालिकाको शीर्ष चार टोली प्ले अफमा पुग्छन्। ललितपुरले सुरुका चार खेलमा तीन बराबरी र एक हारको नतिजा निकालेको थियो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय