Information is intelligence
HomeInternationalभारतमा कोरोनाः लगातार चौथो दिन चार लाख बढी संक्रमित

भारतमा कोरोनाः लगातार चौथो दिन चार लाख बढी संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख भन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ३ हजार ७३८ जनामा संक्रमण देखिएको हो।

यस्तै, एकैदिन ४ हजार ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो केही समयदेखि भारतमा दैनिक संक्रमितको संख्या ४ लाख नाघ्दै आएको छ। साथै मृतकको संख्या समेत दैनिक ४ हजार भन्दा बढी रहँदै आएको छ।

आइतबार बिहानसम्म ३ लाख ८६ हजार ४४४ जना संक्रमित डिस्चार्ज हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ लाख ३६ हजार ६४८ पुगेको छ।

भारतमा हालसम्म २ करोड २२ लाख ९६ हजार ४१४ जनामा संक्रमण पुष्टि भइसकेको छ। २ लाख ४२ हजार ३६२ जनाको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु