Thursday, June 17, 2021
HomePoliticsमहन्थ ठाकुर र राजेन्द्र महताे बुढानीलकण्ठमा

महन्थ ठाकुर र राजेन्द्र महताे बुढानीलकण्ठमा

- Advertisement -
- Advertisement -spot_img

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केहीबेरअघि बूढानीलकण्ठ पुगेका छन्।

उनीहरुले बदलिँदाे राजनीतिक समीकरणबारे  कांग्रेस सभापति देउवासँग कुराकानी गरिरहेका छन्।

संसदमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासतको मत लिँदै छन्। कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गर्ने रणनीति लिएको छ।

सोमबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिन गइरहेको अवस्थाका  कांग्रेस, माओवादी केन्द्र र जसपाको उपन्द्र यादव पक्ष विपक्षमा उभिने निर्णय गरिसकेका छन्।

ओलीलाई विश्वासको मत दिनुपर्छ भन्ने अडानमा रहेका ठाकुर र महतो पनि पार्टीभित्र चर्को दबाब बढिरहेका बेला देउवासँग परामर्श गर्न पुगेका हुन्।

३२ सांसद रहेको जसपामा बहुमत सांसद उपेन्द्र यादवको पक्षमा छन्। देउवा, माओवादी अध्यक्ष प्रचण्ड र यादवले वैकल्पिक सरकारको तयारी भित्रभित्रै तीव्र बनाइ रहेका बेला ठाकुुर र महतो पनि उक्त समूहमा सहभागी हुने संभावना बढेको हो।

एमालेको माधव नेपाल पक्षले आलीलाई सत्ताबाट निकाल्न सांसद पदबाटै राजीनामा दिएर विपक्ष गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छन्।

ठाकुर र महतो देउवासँग परामर्श गर्न पुग्नुले ओली विरोधी गठबन्धन थप बलियो हुने संभावना  बढेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय