Information is intelligence
HomeSportsचेल्सीद्वारा म्यान्चेस्टर सिटी पराजित

चेल्सीद्वारा म्यान्चेस्टर सिटी पराजित

- Advertisement -spot_img

इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी चेल्सीसँग पराजित भएको छ।

युईएफए च्याम्पियन्स लिगको फाइनल अघि प्रिमियर लिगको भेटमा चेल्सीले सिटीमाथि २-१ गोलको जित निकाल्दै सिटीको उपाधि जित्ने धोकोलाई लम्ब्याएको छ।

पहिलो हाफको ४४औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा सिटीले पाएको पेनाल्टीमा सर्जियो अग्वेरोले गोल गर्न चुकेपछि सिटीले अग्रता दोब्बर गर्न सकेन।

सिटीको घरेलु मैदानमा चेल्सीले उत्कृष्ट दोस्रो हाफको फुटबल प्रदर्शनी पस्कियो। खेलको ६३औं मिनेटमा चेल्सीका लागि हाकिम जियाचले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए।

निर्धारित ९० मिनेट पछिको इन्जुरी समयमा चेल्सीका फूल ब्याक मार्कोस अलन्जोले गोल गर्दै चेल्सीलाई उत्कृष्ट जित दिलाएका थिए। त्यसैगरी यस जितका साथ चेल्सी अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। उता म्यानचेष्टर सिटीको उपाधि यात्रा कम्तीमा अर्को खेल सम्मको लागि लम्बिएको छ।

यी दुवै टोली बिच ‘मे २९’ मा च्याम्पियन्स लिगको फाइनल खेल हुँदैछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु