Information is intelligence
HomePoliticsजसपाले ओलीलाई विश्‍वासको मत नदिने

जसपाले ओलीलाई विश्‍वासको मत नदिने

- Advertisement -spot_img

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले विश्‍वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीलाई भेटेर ठाकुर र महतोले विश्‍वासको मत नदिने बताएका हुन् ।

उनीहरू ओलीलाई भेट्नुपूर्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । बुढानिलकण्ठबाट सिधै बालुवाटार आएका  उनीहरूले बिश्‍वासको मत दिन नसक्ने बताएका हुन् ।

नेता महतोले आफूहरूले विश्‍वासको मत दिन नसक्ने बताएको जानकारी दिए । उनीहरूले पार्टी फुट्न नदिन यो नीति अवलम्बन गरिएको समेत बताए ।

जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्‍नुपर्नेमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष छ । अध्यक्ष ठाकुर पक्षले ओलीलाई नै निरन्तरता दिन सकिने बताइरहेको थियो । तर आज अध्यक्ष ठाकुरले ओलीलाई विश्‍वासको मत दिन नसकिने प्रष्टाएको हो । योसँगै ओलीले विश्‍वासको मत नपाउने सम्भावना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय