Information is intelligence
HomeNewsएकैदिन कोरोना संक्रमणबाट ८८ जनाको मृत्यु

एकैदिन कोरोना संक्रमणबाट ८८ जनाको मृत्यु

- Advertisement -spot_img

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १८ हजार ७७० जनाको पिसिआर र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ७७७ जनाको पिसिआर पोजेटिभ र ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ हजार १६१, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन ८८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ३३ सय ७० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय