Thursday, June 17, 2021
HomeInternationalजथाभावी चक्कु प्रहार गर्दा पाँचजना घाइते

जथाभावी चक्कु प्रहार गर्दा पाँचजना घाइते

- Advertisement -
- Advertisement -spot_img

न्युजील्यान्डको एक सुपरमार्केटमा सोमवार एक पुरुषले जथाभावी चक्कु प्रहार गर्दा पाँचजना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

आरोपितलाई पक्राउ गरेर हिरासतमा लिइएको प्रहरीको भनाइ छ । डुनेडिन शहरको काउन्टडाउन सुपरमार्केटमा घटना भएको हो । घाइते हुनेमध्ये दुईजना उक्त सुपरमार्केटका कर्मचारी थिए ।

आक्रमण किन गरिएको स्पष्ट नभएको प्रधानमन्त्री जासिन्दा आर्डर्नले बताइन् । यो घरेलु आतंकवादको घटना भएको पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ ।

आर्डर्नका अनुसार, पाँचजनालाई डुनेडिन अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूको स्वास्थ्यस्थितिको जानकारी उपलब्ध हुन सकेको छैन ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय