Information is intelligence
HomeNewsप्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल समूहको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल समूहको निर्णय

- Advertisement -spot_img

नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । नेपाल समूहका नेता भीम रावलले आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी दिए । उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा लोकतन्त्र र राजनीतिक स्थिरता कमजोर हुने बताए ।

उनका अनुसार आजको बैठकमा नेपाल समूहका २२ जना सांसद अनुपस्थित हुनेछन् ।  दिउँसो १ बजे प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदैछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु