Information is intelligence
HomePoliticsउपेन्द्र यादवको प्रश्न- आफुलाई विघटन गरेको संसदले प्रधानमन्त्रीलाई कसरी मत दिने ?

उपेन्द्र यादवको प्रश्न- आफुलाई विघटन गरेको संसदले प्रधानमन्त्रीलाई कसरी मत दिने ?

- Advertisement -spot_img

काठमाडौँ: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार मधेस र मधेसी मुद्दा प्रति अनुदार रहेको भन्दै उनको सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

सोमबार संसदलाई सम्बोधन गर्दै नेता यादवले जसपाका सांसदहरुले विश्वासको मत प्रस्तावको विपक्षमा मत जाहेर गर्ने जनाए ।

ओली सरकारले नै संघीयता र समावेशितालाई कुल्चने काम गरेको भन्दै यावदले फेरि विश्वासको मत दिनुको औचित्य नरहेको बताए । नागरिकता विधेयक, मधेस आन्दोलनको क्रममा मधेसी नेताहरुमाथि झुटा मुद्दा र सरकारबाट दमन जस्ता विभिन्न मुद्दाका कारण प्रधानमन्त्रीको भूमिका र गतिविधिप्रति आफूहरुलाई विश्वास नरहेको उनको भनाइ थियो ।

‘यही सरकारको पालामा हाम्रा साथीहरु जेलमा छन् । धेरैको गोली खाएर मृत्यु । संघीयता र समावेशिताको मर्मलाई सबैभन्दा धेरै यही सरकारले मिचेको छ । प्रधानमन्त्री ज्यू नै संविधान सच्याउने कुरा गर्दा मादल नबजाउनु भन्नुहुन्थ्यो अहिले आफैँ मादल बजाउँदै हुनुहुन्छ । कसलाई सुनाउन हो प्रधानमन्त्री ज्यू ? मधेसमा आन्दोलन भएर जनताले गोली खाँदा २/४ वटा आँप खसेर जान्छ भन्नुभएको हैन ? ‘

स्वास्थ्यका कारण उत्पन्न वर्तमान अवस्थाप्रति पनि ओली सरकार उदासिन बनेको भन्दै नेता यादवले आक्रोश व्यक्त गरे । बिरामीहरु उपचार नपाएर छटपटाइरहँदा सरकार भने अयोध्यामा राम जानकीको रथजात्रा गरिरहेको भन्दै यादवले  सरकारको आलोचना गरे ।

प्रधानमन्त्रीको संसद विघटनको निर्णयको प्रसंग कोट्याउँदै नेता यादवले भने ‘विश्वास नै नभएको संसदबाट फेरि कुन नैतिकताले विश्वासको मत लिन खोज्दै हुनुहुन्छ ? विश्वासको मत किन दिने ? फेरि संघीयता र समावेशितालाई कुल्चनका लागि दिने ? ‘

प्रधानमन्त्रीले नै इतिहासमै सबैभन्दा धेरै समावेशितालाई कुल्चने काम गरेको र संघीयताका मर्म मिच्ने काम गरेको भन्दै यादवले टिप्पणी गरेका थिए । प्रदेशका अधिकार कानुन बनाएरै प्रधानमन्त्रीले खोस्ने काम गरेको र समावेशी मान्यतालाई बेवास्ता गर्दै नियुक्ति गरेकोमा यादवो आपत्ति थियो ।

यादवले भनेका छन्, ‘प्रधानमन्त्रीजीको कुरामा पहिले त विश्वास लागेको थियो । पहिले भन्नुभएको थियो समृद्ध नेपाल, सुखी नेपाली । तर त्यस्तो हैन, आज दरिद्र नेपाल दुखी नेपाली को अवस्था छ ।’

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय